मेलम्चीको तीन ठाउँमा पहिरो, हेलम्बु सडक फेरि अवरुद्ध
एक्सप्रेस पाना
भाद्र २१, २०७८ सोमबार
376
SHARES
भदौ २१ सिन्धुपाल्चोक । अविरल वर्षासँगै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१२ र १३ काे तीन ठाउँमा पहिरो खसेको छ । पहिराले हेलम्बु सडक फेरि अवरुद्ध भएको छ।
मेलम्ची-१२ बाहुनेपाटी र १३ मेलम्ची-जिरोकिलो सडक खण्डस्थित फटकशिलामा पहिरो खसेको हो । मेलम्ची इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले निरन्तरको वर्षाले पहिरो पन्छाउन नसकिएको बताए ।