आइतबार, कार्तिक १६ गते २०८३
images
images

जापानले शुरु गर्यो गाउँ फर्क अभियान

एक्सप्रेस पाना
पौष २१, २०७९ बिहीबार
  • 314
    SHARES
  • जापानले शुरु गर्यो गाउँ फर्क अभियान

    काठमाडौँ । जापानमा तीव्र गतिमा बढ्दो जनसङ्ख्याका कारण सरकारले राजधानी टोकियो र अन्य महानगरहरू छाडेर ग्रामीण क्षेत्रमा जाने अभियान शुरु गरेको छ ।

    images

    जापान सरकारले राजधानी तोकियो छोडेर ग्रामिण क्षेत्रमा जाने परिवारलाई प्रोत्साहन स्वरूप परिवारमा रहेका प्रति बालबालिका एक मिलियन यान दिने अफर घोषणा गरेको छ ।

    जापान सरकारले युवा अभिभावक टोकियो छाडेर अन्यत्र बसेमा उनीहरुलाई अन्य सुविधा पनि दिइने बताएको छ । सरकारले यस अभियानबाट २०२७ सम्ममा १० हजार परिवारलाई टोकियोबाट ग्रामीण क्षेत्रमा सार्ने अपेक्षा गरेको छ ।

    images

    भारत, चीन र जापानका केहि प्रमुख शहरहरुमा बढेको जनसंख्याका कारण सरकारहरु समस्यामा रहेका छन् । भारको राजधानी दिल्लीदेखि बेइजिङ र टोकियोसम्म मानिसको जनसंख्या लगातार बढिरहेको छ । यो बढ्दो जनसङ्ख्यालाई कम गर्न जापान सरकारले एउटा रोचक र अनौठो तरिका अगाडी सारेको छ ।

    एक रिपोर्ट अनुसार टोकियो विश्वको सबैभन्दा ठूलो सहर हो, जहाँ करिब ३ करोड ८० लाख जनसंख्या रहेको छ । सरकारी तथ्याङ्क अनुसार जापानको जनसङ्ख्या तीव्र गतिमा परिवर्तन भइरहेको छ । बालबालिकाको संख्या द्रुत गतिमा घट्दै गएको छ र ६५ वर्षभन्दा माथिका मानिसको संख्या बढ्दै गएको छ । यति मात्र होइन, सरकारको सबै प्रयासका बाबजुद पनि बालबालिकाको संख्या बढिरहेको छैन ।

    जापानमा पछिल्लो समयमा मानिसहरु ग्रामीण जीवनतर्फ आकर्षित भइरहेका छन् । यसका लागि बाल हेरचाहमा सहज पहुँचको व्यवस्था गरिएको छ । 

    शहर छाडेर गएकालाई सरकारले रोजगारीका लागि आर्थिक सहयोग पनि गरिरहेको छ । तर, सन् २०२१ मा मात्र २ हजार ४०० जनाले यो योजना रोजेका छन् । अर्थात्, अहिलेसम्म टोकियोको कुल जनसंख्याको ०.००६ प्रतिशतले मात्र यो योजना रोजेका छन् ।