सोमबार, कार्तिक १७ गते २०८३
images
images

सिमकार्ड हराएमा वा बिग्रिएमा आफैँ उपस्थित भएर लिन टेलिकमको अनुरोध

एक्सप्रेस पाना
पौष २१, २०७९ बिहीबार
  • 251
    SHARES
  • सिमकार्ड हराएमा वा बिग्रिएमा आफैँ उपस्थित भएर लिन टेलिकमको अनुरोध

    काठमाडौँ । नेपाल टेलिकमले आफ्नै नाममा दर्ता भएका मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएकोरबिग्रिएको खण्डमा आफू स्वयम् उपस्थित भइ सिमकार्ड प्राप्त गर्न अनुरोध गरेको छ । 

    images

    प्रयोगकर्ता ग्राहक स्वयंका नाममा दर्ता नरहेको वा अरु कसैको नाममा दर्ता रहेको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल नम्बरमा रहेका सम्पूर्ण तथ्याङ्क, बैंकिङ्ग कारोबार र अन्य कतिपय महत्त्वपूर्ण व्यक्तिगत सामग्री असम्बन्धित व्यक्तिको पहुँचमा पुग्नसक्ने जोखिम बढ्दै गएको भन्दै टेलिकमले यस्तो अनुरोध गरेको हो । त्यस्तो अवस्थामा प्रयोगकर्ताको मोबाइल बैंकिङ्गको दुरुपयोग भइ नगद गुमाउनुपर्ने, सामाजकि सञ्जालको अनधिकृत प्रयोग भइ सुरक्षाको जोखिमलगायत अनेक कानुनी झमेलामा समेत पर्ने सम्भावना रहने टेलिकमको भनाइ छ ।

    त्यसका साथै मोबाइल नम्बरका माध्यमबाट सम्पूर्ण व्यक्तिगत तथ्याङ्कदेखि कागजात, बचत तथा अन्य मूल्यवान् र दैनिक प्रयोगमा रहने सामग्री र सूचनामा पहुँच पुर्याउनसक्ने अवस्थाका कारण मोबाइल नम्बर अत्यन्तै संवेदनशील वस्तुका रूपमा पनि स्थापति हुन गएको टेलिकमको भनाइ छ । 

    images

    आफूले प्रयोग गरिरहेकोरगर्ने मोबाइल नम्बर आफ्नै नाममा दर्ता रहेको अवस्थामा सम्पूर्ण कार्य सुरक्षित ढङ्गले सम्पन्न गर्न सकिने अवस्था रहेको छ । मोबाइल सेवाको परिकल्पना गरी प्रविधि विकास हुँदा मुख्य उद्देश्य कुराकानी गर्ने वा सन्देश पठाउने मात्र रहेको र आर्थिक कारोबारलगायत संवेदनशील गतिविधि हुने परिकल्पना नगरिएकामा समयक्रमसँगै विकसित प्रविधिका कारण अहिले यसको प्रयोग जीवनका सबै पक्षसँग जोडिएको छ ।

    टेलिकमले हिजो विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । यस्तो अवस्थामा मुख्यतः मोबाइल नम्बरमार्फत् गरिने आर्थिक कारोबारलाई थप सुरक्षति र भरपर्दो बनाउन सम्बन्धित वित्तीय संस्थाले ग्राहकको वित्तीय सुरक्षा प्रत्याभूतिका लागि सिमकार्डमा प्राप्त हुने ओटीपी (वन टाइम पासवर्ड) को मात्र भर नपरि टु फ्याक्टर अथेन्टिकेसन प्रणालीलाई अनिवार्य प्रयोगमा ल्याइदिन पनि टेलिकमले अनुरोध गरेको छ ।