आइतबार, कार्तिक १६ गते २०८३
images
images

काठमाडौं उपत्यकामा ३८५ घर डुबानमा, २४७ जनाको उद्धार

एक्सप्रेस पाना
भाद्र २१, २०७८ सोमबार
  • 516
    SHARES
  • काठमाडौं उपत्यकामा ३८५ घर डुबानमा, २४७ जनाको उद्धार

    भदौ २१ काठमाडौं । गएराति देखि आएको अविरल वर्षाले काठमाडौं उपत्यकामा ३८५ घर डुबानमा परेका छन् भने २४७ जनाको उद्धार गरिएको छ ।

    images

    महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले काठमाडौंको काँडाघारी, परोपकार, बल्खु, सुन्दरीघाट, भक्तपुरको मनोहरा, बोडेफाँट, सुकुम्बासी बस्ती तथा ललितपुरको सानेपा, कालोपुल लगायतको क्षेत्र डुबानमा परेको जानकारी दिए ।

    काठमाडौंबाट २३२ र ललितपुरबाट १५ मजदुरको उद्धार गरिएको पनि उनले बताए । विशेष गरी नदीको वरपरका क्षेत्र डुबानबाट प्रभावित भएको जनाइएको छ । अहिलेसम्म डुबानबाट मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।

    images