शनिबार, भाद्र २७ गते २०८३
images

लप्से गुरु रिम्बोछे निर्माणका लागि सहयोगको अपिल 

एक्सप्रेस पाना
पौष २१, २०७९ बिहीबार
  • 369
    SHARES
  • लप्से गुरु रिम्बोछे निर्माणका लागि सहयोगको अपिल 

    मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका-८ लागर्चेमा निर्माणधिन अवस्थामा रहेको लप्से गुरु रिम्बोछे मुर्तिको निर्माणको लागि केही रकम अपुग भएकोले विभिन्न संघ सस्था लाई रिम्बोछे निर्माण सम्पन्न गराउन सहयोगको अपिल गरेको छ । 

    images

    लप्से गुरु रिम्बोछे निर्माण उपभोक्त समितिका अध्यक्ष वाङदान सिङ लामाले गुरु रिम्बोछे निर्माणको काम ७० प्रतिशत सम्पन्न भैसकेको मा केही प्रतिशत काम सक्न रकम अपुग भएकोले संघ संस्था लाई सहयोग को लागि अपिल गरेका हुन् ।

    यस गुरुरिम्बोछे निर्माणको लागि पाँचपोखरी थाङपाल गाउँपालिकाले ८ लाख बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले १० लाख र वायुल ह्योल्मो पल रिहुदेछे पेमा छ्योलिङ गुम्बाले ३२ लाख रकम विनियोजन गरेको थियो ।

    images