आइतबार, कार्तिक १६ गते २०८३
images
images

चट्याङ लागेर सातजना घाइते, दर्जन पशु चौपाया मरे

एक्सप्रेस पाना
भाद्र २१, २०७८ सोमबार
  • 322
    SHARES
  • चट्याङ लागेर सातजना घाइते, दर्जन पशु चौपाया मरे

    भदौ २१ काठमाडौं । सिद्धिचरण नगरपालिका-१० मा आइतबार राति परेको चट्याङ लागेर सातजना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । 

    images

    उनीहरुलाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल पठाइएको वडाध्यक्ष दामोदर धमलाले बताए । आइतबार राति भीषण वर्षासँगै परेको चट्याङ लागेर सातजना बेहोस भएको धमलाको भनाइ छ ।

    चट्याङ लागेर विष्णुकुमारी खड्का, तुलसा धमला र अनिषा खड्का गम्भीर घाइते भएका हुन् ।  चट्याङ लागेर बेहोस भएका टंककुमारी दाहाल, भेषकुमारी दाहाल र गुणकुमारी भुजेलको अवस्था भने सामान्य रहेको स्थानीयको भनाइ छ । 

    images

    चट्याङले पशु चौपायामा समेत क्षति गरेको छ । बाँधेका ठाउँमा दर्जनभन्दा बढीको संख्यामा पशुचौपाया मरेका छन् । घटनाबारे अध्ययन गर्न प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।