सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेप्सेमा ४६ अंकले वृद्धि

एक्सप्रेस पाना
पौष २५, २०७९ सोमबार
  • 215
    SHARES
  • नेप्सेमा ४६ अंकले वृद्धि

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।

    images

    सोमबार नेप्से परिसूचक ४६.७६ अंक बढेर २२११.३८ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.६१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ३.४८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०४ अंकले बढेको छ ।

    सोमबार कारोबारमा आएका २५७ कम्पनीको १ करोड ४६ लाख ७६ हजार कित्ता शेयर ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ । नेप्से बढे पनि सोमबार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य घटेको छ । आइतबार करिब साढे ५ अर्बको शेयर खरिद बिक्री भएको थियो ।

    images

    नेप्सेका १३ उपसमूहमध्ये जलविद्युत उपसमूहको परिसूचक ४.९४ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंक, वित्त र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ । बाँकी अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

    सोमबार नेप्से बढेसँगै ११ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा अधिकांश जलविद्युत कम्पनी रहेका छन् । तर यता स्वाभिमान लघुवित्तको शेयरमूल्य भने ३.५७ प्रतिशत घटेको छ । सोमबार रिडी पावर कम्पनीको २० करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।