सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले माग्यो २१३ जना कर्मचारी (सूचनासहित)

एक्सप्रेस पाना
पौष २७, २०७९ बुधबार
  • 246
    SHARES
  • सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले माग्यो २१३ जना कर्मचारी (सूचनासहित)

    प्रदेश लोक सेवा आयोग सुदूरपश्चिम लोक सेवा आयोगले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौँ तहका विभिन्न सेवा समूहका लागि आयोगले दरखास्त आह्वान गरेको हो ।

    images

    सुदूरपश्चिम प्रदेश र अन्तर्गत निकाय र कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ को व्यवस्था बमोजिम सुदूरपश्चिम प्रदेशस्थित स्थानीय तहहरूमा रिक्त भएका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरिएको हो ।

    योग्यता पुगेका उम्मेदवारहरूले माघ १७ गतेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उम्मेदवारहरूको प्राथमिकता क्रमानुसार नियुक्तिका लागि सम्बन्धित प्रदेश मन्त्रालय र स्थानीय तहमा सिफारिस गरिने आयोगले जनाएको छ ।

    images