आइतबार, कार्तिक १६ गते २०८३
images
images

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ

एक्सप्रेस पाना
भाद्र २१, २०७८ सोमबार
  • 197
    SHARES
  • कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ

    भदौ २१ भोजपुर । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी टेम्केमैयुङ गाउँपालिका-५ केरावारी बस्ने ५३ वर्षीय मन केशर राईलाई वारदात घटना पश्चात २७ वर्षपछि आइतबार प्रहरीले पक्राउ गरेको छ ।  

    images

    टेम्केमैयुङ गाउँपालिका-७ बस्ने २५ वर्षीय राजधन राईको २०५० मंसिर ३ गते हत्या भएको घटनामा संलग्नमध्ये राईलाई जिल्ला अदालत भोजपुरको २०६१ भदौ २८ गतेको फैसलाले ३ वर्ष कैद सजाय ठहर भई वारदात घटना पश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले भोजपुर सदरमुकाममा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 
    उनलाई जिल्ला अदालत भोजपुरमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि भोजपुर कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।