सोमबार, कार्तिक १७ गते २०८३
images
images

माघदेखि ब्याजदर घटाउने बैंकर्स संघको निर्णय

एक्सप्रेस पाना
पौष २८, २०७९ बिहीबार
  • 295
    SHARES
  • माघदेखि ब्याजदर घटाउने बैंकर्स संघको निर्णय

    काठमाडौँ । वाणिज्य बैंकहरूले माघमा ब्याजदर घटाउने भएका छन् ।

    images

    बुधबार बसेको वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले माघ महिनाका लागि बैंकहरूले एक दशमलव १३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको सङ्घले जनाएको छ । हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा १२ दशमलव १३३ प्रतिशत र संस्थागततर्फ नौ दशमलव १३३ प्रतिशत ब्याज तोकेका छन् ।

    रेमिट्यान्स मुद्दति खातामा १५ दशमलव ३३३ प्रतिशतसम्म ब्याज रहेको छ । माघमा भने बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा ११ प्रतिशत र संस्थागततर्फ नौ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दति खातामा १२ प्रतिशत ब्याजदर तोक्नेछन् ।

    images

    बैंकर्स सङ्घको अध्यक्षमा  केसी

    बैंकर्स सङ्घको अध्यक्षमा सुनिल केसी चयन भएका छन् । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृतमा केसी सर्वसम्मतरूपमा अध्यक्षमा चयन भएका हुन् । बुधबार सम्पन्न विशेष साधारणसभाले नयाँ अध्यक्षमा केसीलाई सर्वसम्मतरूपमा चयन गरेको हो । यसअघि प्रमुख कार्यकारी अधिकृत केसी सङ्घको उपाध्यक्ष रहेका थिए ।

    यसअघिका अध्यक्ष अनिलकुमार उपाध्याय कृषि विकास बैंकबाट बाहिरिएसँगै सङ्घको अध्यक्ष पद खाली भएको थियो । प्रमुख कार्यकारी अधिकृत कार्यकाल सकिएपछि सङ्घको अध्यक्ष पदसमेत स्वतः रिक्त रहने व्यवस्था रहेको छ । नयाँ कार्यसमितिअन्तर्गत बैंकर्स सङ्घको उपाध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला सर्वसम्मत चयन भएका थिए ।

    यसैगरी सङ्घको कार्यकारी सदस्यमा लक्ष्मी बैंकका  अजयविक्रम शाह, नेपाल एसबिआई बैंकका  दीपककुमार दे, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, एनआइसी एसिया बैंकका रोशनकुमार न्यौपाने, एभरेष्ट बैंकको सुदेश खालिङ र सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा छन् ।