सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको भाउ बढ्दा घट्यो चाँदी

एक्सप्रेस पाना
पौष २८, २०७९ बिहीबार
  • 233
    SHARES
  • सुनको भाउ बढ्दा घट्यो चाँदी

    काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । बुधबार तोलामा तीन सय रुपैयाँ घटेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रुपैयाँ बढेको हो । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    बुधबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार सात रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    बुधबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो ।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।