सोमबार, कार्तिक १७ गते २०८३
images
images

ॐ जय बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं बार्षिक साधारण सभा सम्पन्न

एक्सप्रेस पाना
पौष २८, २०७९ बिहीबार
  • 352
    SHARES
  • ॐ जय बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं बार्षिक साधारण सभा सम्पन्न

    ॐ जय बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ५ गुन्साको १३औं बार्षिक साधारण सभा आज गुन्सामा सम्पन्न भएको छ ।

    images

    कार्यक्रममा वडा नम्बर ५का वडा अध्यक्ष एवम् सहकारी विभागका प्रमुख काले गोलेले सहकारीलाई सहकारीकै मर्म र भावना अनुसार चल्न आग्रह गर्दै थप सफलताको शुभकामना ब्यक्त गर्नुभयो । उहाँले ॐ जयबुद्ध सहकारी बाट यस भेगका नागरिहरुले थुप्रै सेवा सुविधा पाएकाले यस्ता सहकारीलाई प्रर्बद्धन गर्नुपर्ने बताउनुभयो ।अध्यक्ष गोलले सहकारी मार्फत ऋण लिएर ब्यबशाय गर्न आग्रह गर्दै ब्यबशाय गर्ने भन्दै लिएर ऋण अन्यत्र खर्च नगर्न आग्रह गर्नुभयो । उहाँले आम्दानीको थोरै मात्रा भएपनि बचत गर्नेब बानी बसाल्न आग्रह गर्नुभयो । कार्यक्रममा सहकारीका अध्यक्ष अर्जुन लोप्चनले सहकारी मार्फत पाइने सेवा सुविधाका बारेमा जानकारी गराउँदै भविष्यको बारेमा सोच्दै अहिले बचत गर्न आग्रह गर्नुभयो ।

    उहाँले शेयर सदस्यहरुलाई धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा सहकारीलाई सुधार्दै अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो । ७८÷७९को प्रतिवेदन अनुसार दैनिक बचतमा १ करोड ५३ लाख ७८ हजार,मासिक बचतमा १ करोड ६ लाख ४० हजार रहेको छ । ६० लाख १३ हजार शेयर पुजीँ रहेको सहकारीको ९१ लाख ८ हजार निक्षेप दायित्व र ३६ लाख बाह्य कर्जा रहेको सहकारीकी ब्यबस्थापक शर्मिला अधिकारीले जानकारी दिनुभयो ।

    images