भदौ २१ काठमाडौं । सरकारले राष्ट्रिय जनगणनाको कार्यतालिका स्वीकृत गरेसँगै आगामी कात्तिक २५ देखि मंसिर ९ सम्म मूल जनगणना हुने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय तथ्यांक विभागले प्रस्ताव गरेको राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गरेको विभागले जनाएको छ ।
विभागको प्रस्तावमा भदौ २० गते २६ गतेसम्म सुपरभाइजर भर्ना गर्ने उल्लेख छ । त्यसपछि क्रमश स् भदौ २७ र २८ गते सुपरभाइजरलाई तालिम प्रदान र भदौ ३० देखि असोज १८ गतेसम्म सुपरभाइजर घरघरमा पुगेर सुचीकरणको कामथालनी गर्ने कार्यतालिका रहेछन् ।
असोज १८ पछि गणक भर्ना गर्ने कार्यतालिकामा उल्लेख छ भने कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिने उल्लेख छ । यस तालिमपछि मूल गणना सुरु गरिनेछ । मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ ।
प्रत्येक १०र१० वर्ष गरिने जनगणना नेपालमा वि।सं। १९६८ सालबाट जनगणना सुरु गर्न भएको थियो ।
.jpg)


