सोमबार, कार्तिक १७ गते २०८३
images
images

लुम्बिनी केबलकार फागुनदेखि सञ्चालनमा आउँदै

एक्सप्रेस पाना
पौष २९, २०७९ शुक्रबार
  • 214
    SHARES
  • लुम्बिनी केबलकार फागुनदेखि सञ्चालनमा आउँदै

    रुपन्देही जिल्लाको बुटवलदेखि पाल्पा जिल्लाको बसन्तपुरसम्म निर्माणाधिन लुम्बिनी केबलकार आगामी फागुनदेखि सञ्चालनमा आउने भएको छ ।

    images

    शुक्रबार काठमाडौंमा आयोजित कम्पनीको १९औं वार्षिक साधारण सभामा सञ्चालक समितिको प्रतिवेदन पेश गर्दै लुम्बिनी केबलकारका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार टावरहरूको सिभिल निर्माण कार्य लगभग सम्पन्न भइसकेको र आगामी फागुनदेखि सञ्चालनमा आउने बताए । 

    'केबलकार टावरहरूको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ । टप स्टेशनमा मन्दिर एरियाको सिभिल निर्माण कार्य पनि द्रुत गतिमा अगाडि बढिरहेको कुरा जानकारी गराउन चाहन्छु', उनले भने ।

    images

    उनले केवलकारको सम्पूर्ण गोण्डोला लगायतका उपकरणहरूको विदेशबाट आयत गर्ने कार्य सम्पन्न भइ नौ वटा टावरमध्ये सात वटा टावरको जडान कार्य सम्पन्न भइसकेको र बाँकी दुई वटा टावर जडान कार्य पनि अन्तिम चरणमा पुगेको बताए । 

    त्यस्तै, टप स्टेशनमा केवलकार उपकरणहरूको जडान कार्य सम्पन्न भइसकेको छ भने बटम स्टेशनमा केवलकार उपकरणहरूको जडान कार्य अगाडी बढी रहेपनि उनले बताए । साथै उनले सम्पूर्ण इलेक्ट्रोमेकानिकल कार्यहरूको निर्माण तथा जडान गर्ने कार्य द्रुत गतिमा अगाडि बढिरहेको समेत बताए । यो केवलकार परियोजनाको निर्माण कार्य २०७८ साल पुस महिनामा सुरू भएको थियो ।