आइतबार, कार्तिक १६ गते २०८३
images
images

 पुरस्कृत हुने निजामती कर्मचारीको नाम सार्वजनिक (सूचीसहित)

एक्सप्रेस पाना
भाद्र २२, २०७८ मंगलबार
  • 213
    SHARES
  •  पुरस्कृत हुने  निजामती कर्मचारीको नाम सार्वजनिक (सूचीसहित)

    काठमाडौं, २२ भदौ-सरकारले हरेक वर्ष २२ भदौमा निजामती कर्मचारी दिवस मनाउँदै आएको छ । यही अवसरमा  उत्कृष्ट र निजामती सेवा पुरस्कार पाउने ४० कर्मचारीको नाम सार्वजनिक गरीएको छ ।

    images

    गोरखापत्रमा सार्वजनिक सूचना अनुसार आज निजामती कर्मचारी दिवसका अवसरमा १० जना कर्मचारीलाई उत्कृष्ट र ३० जनालाई निजामती सेवा पुरस्कार दिइँदैछ ।

    ‘यस वर्ष पनि सर्वोत्कृष्ट निजामती कर्मचारी फेला परेका छैनन् । कुनै पनि निजामती कर्मचारीले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार नपाएको यो लगातार पाँचौ वर्ष हो ।

    images

    दुई लाख रुपैयाँसहित एक जनालाई सर्वोत्कृष्ट, एक लाख रुपैयाँसहित १० जनालाई उत्कृष्ट र ५० हजार रुपैयाँसहित ३० जनालाई निजामती सेवा पुरस्कार दिइने व्यवस्था भए पनि सर्वोत्कष्ट कर्मचारी सिफारिस गरिएको छैन ।

    मुख्यसचिवको संयोजकत्वमा रहने सिफारिस समितिले देशभरिबाट प्राप्त नाममध्ये पुरस्कृत हुने निजामती कर्मचारीको नाम सिफारिस गरेको हो । 
    समितिमा संघीय मामिला तथा सामान्य प्रशासन, कानुन मन्त्रालय र नेपाल सरकारले तोकेको नेपाल सरकारको कुनै सचिव र अवकाशप्राप्त पूर्वमुख्यसचिव हुन्छन् ।nijamati.PNG