सोमबार, कार्तिक १७ गते २०८३
images
images

३२ अंकले बढ्यो शेयर बजार, ३ अर्ब ७२ करोडको कारोबार

एक्सप्रेस पाना
माघ ३, २०७९ मंगलबार
  • 221
    SHARES
  • ३२ अंकले बढ्यो शेयर बजार, ३ अर्ब ७२ करोडको कारोबार

    साताको पहिलो कारोबार दिन मंगलबार नेप्से परिसूचक ३२ अंकले वृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक ३२.७२ अंक बढेर २१८२.११ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४५ अंकले बढेको छ ।

    images

    मंगलबार कारोबारमा आएका २५० कम्पनीको १ करोड १८ लाख ८३ हजार कित्ता शेयर ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आज नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । गत बिहीबार करिब साढे ५ अर्बको कारोबार भएको थियो ।

    नेप्सेका १३ उपसमूहमध्ये मंगलबार बैंकिङ उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक बढेको छ। जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक ५.१२ प्रतिशत, जलविद्युत उपसमूहको परिसूचक ५.०४ प्रतिशत, वित्त उपसमूहको परिसूचक यस दिन साढे ३ प्रतिशतभन्दा बढी बढेको छ । तर यता बैंक उपसमूहको परिसूचक भने ०.३२ प्रतिशत घटेको छ ।

    images

    मंगलबार नेप्से परिसूचकमा वृद्धि भएसँगै ५ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा ग्रीन भेन्चर्स, आदर्श लघुवित्त, पिपुल्स हाइड्रोपावर, बाराही हाइड्रोपावर र घलेम्दी हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । आज अपि पावर कम्पनीको २३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।