सोमबार, कार्तिक १७ गते २०८३
images
images

अमेरिकी डलरसँगै घट्यो युरोको भाउ

एक्सप्रेस पाना
माघ ५, २०७९ बिहीबार
  • 187
    SHARES
  • अमेरिकी डलरसँगै घट्यो युरोको भाउ

    बिहीबार अमेरिकी डलरसँगै युरोपियन युरो भाउ पनि घटेको छ।

    images

    नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १२९ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३० रुपैयाँ २९ पैसा कायम गरिएको छ। 

    बुधबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ५२ पैसा र बिक्रीदर १३१ रुपैयाँ १२ पैसाथियो। यो मूल्य अघिल्लो दिनको ८३ पैसा घटेको हो।

    images

    युरोपियन युरो एकको खरिदमा भने १४० रुपैयाँ ८८ पैसा र बिक्रीमा १४१ रुपैयाँ ५३ पैसा पाइन्छ। 

    बुधबार युरो एकको खरिददर १४१ रुपैयाँ १७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा थियो।

    त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रुपैयाँ १० पैसा र बिक्रीमा ९१ रुपैयाँ ५२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ८ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५३ पैसा पाइन्छ।

    बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६० रुपैयाँ २६ पैसा र बिक्रीदर १६१ रुपैयाँ १ पैसा तोकिएको छ। 

    यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ४९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६९ पैसा तोकेको छ।

    युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ३१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार ३० रुपैयाँ ७ पैसा र बिक्रीमा ३० रुपैयाँ २१ पैसा पाइन्छ।

    बिहीबार कुवेती दिनार एकको खरिदमा ४२४ रुपैयाँ ७० पैसा र बिक्रीमा ४२६ रुपैयाँ ६६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४४ रुपैयाँ ३ पैसा र बिक्रीदर ३४५ रुपैयाँ ६२ पैसा तोकिएको छ।