सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको भाउ स्थिर हुँदा घट्यो चाँदी

एक्सप्रेस पाना
माघ ५, २०७९ बिहीबार
  • 172
    SHARES
  • सुनको भाउ स्थिर हुँदा घट्यो चाँदी

    नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।

    images

    बुधबार तोलामा छ सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख चार हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

    बुधबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो ।

    त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    बुधबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला २० रुपैयाँ घटेको हो ।

    आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।