सोमबार, कार्तिक १७ गते २०८३
images
images

सेयर बजारमा सामान्य वृद्धि

एक्सप्रेस पाना
माघ ५, २०७९ बिहीबार
  • 187
    SHARES
  • सेयर बजारमा सामान्य वृद्धि

    काठमाडौं  । सेयर बजारमा बिहीबार सामान्य वृद्धि भएको छ । नेप्से परिसूचकमा ५.७१ अंकले वृद्धि भई २१७८.८१ विन्दुमा रोकिएको छ । 

    images

    साथै, बुधबार २४६ कम्पनीको कारोबार भएको नेप्सेले जनाएकाे छ । आज ८२ लाख ४७ हजार ६४६ कित्ता सेयर किनबेच हुँदा तीन अर्बभन्दा बढीको सेयर कारोबार भएको छ । 

    यस्तै,आज एनआइसिएसिया बैंककोे सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकको १८ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । दोश्रोमा रिडी पावर कम्पनीको १२ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

    images

    आदर्श लघुवित्त बित्तीय संस्था र मैलुङ खोला जलविद्युत कम्पनी करिब १० प्रतिशतले मूल्यवृद्धि भएको छ ।  कुल ८५ कम्पनीकाे मूल्य उकलो लागेको छ भने १०८ कम्पनीमा ओरालो लागेको छ, १४ कम्पनी भने स्थिर रहेको छ । 

    आज १३ उपसुचकमध्ये ७ कम्पनीमा ओरालो लागेको छ । बाँकी ६ कम्पनीमा भने सामान्य वृद्धि भएको छ ।