सोमबार, कार्तिक १७ गते २०८३
images
images

ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो लाभांश

एक्सप्रेस पाना
माघ ५, २०७९ बिहीबार
  • 306
    SHARES
  • ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो लाभांश

    ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट गएको असार मसान्तसम्म कायम चुक्ता पुँजीको २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

    images

    कम्पनीको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकबाट चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको हो।

    उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् कम्पनीको साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले लाभांश प्राप्त गर्नेछन् ।

    images

    हाल कम्पनीको चुक्ता पुँजी ५५ करोड २५ लाख ८९ हजार रुपैयाँ छ । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ६१ करोड ८८ लाख ९९ हजार पुग्नेछ ।