आइतबार, कार्तिक १६ गते २०८३
images
images

दक्षिण कोरियामा भीषण आगलागी हुँदा ६० घर जलेर नष्ट

एक्सप्रेस पाना
माघ ६, २०७९ शुक्रबार
  • 402
    SHARES
  • दक्षिण कोरियामा भीषण आगलागी हुँदा ६० घर जलेर नष्ट

    एजेन्सी । दक्षिण कोरियाको राजधानी सउनस्थित एउटा गरीब बस्तीमा भीषण आगलागी हुँदा ६० घरहरू जलेर नष्ट भएका छन् ।

    images

    राजधानी सउलको गाङनाम जिल्लाको एउटा साँघुरो गल्लीमा आगलागी भएको हो । आगलागी भएपछि ५ सय भन्दा बढी मानिसहरूलाई अन्यत्र सारिएको छ । मानवीय क्षति भए नभएको बारेमा भने निक्र्यौल भइसकेको छैन । एका बिहानै लागेको आगो निभाउन ८ सय बढी अग्नि नियन्त्रक, प्रहरी र स्थानीयहरु परिचालन गरिएको छ ।

    घना बस्ती रहेको गल्लीमा आगो निभाउन निकै मुस्किल भएको अधिकारीहरुले बताएका छन् । प्लास्टिक र प्लाइउडबाट बनेको झुपडीबाट आगो सल्किएको हो । बस्तीबाट सारिएकाहरुलाई स्थानीय विद्यालय, होटल र जीम सेन्टरहरुमा राखिएको छ ।

    images