आइतबार, कार्तिक १६ गते २०८३
images
images

संखुवासभा घटनाको अनुसन्धान गर्न सिआईबी टोली मादी जाँदै

एक्सप्रेस पाना
भाद्र २२, २०७८ मंगलबार
  • 302
    SHARES
  • संखुवासभा घटनाको अनुसन्धान गर्न सिआईबी टोली मादी जाँदै

    भदौ २२ संखुवासभा । संखुवासभाको मादीमा हिजो एकै परिवारको ६ जनाको हत्या घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को टोली घटनास्थलतर्फ जाने भएको छ । 

    images

    सिआईबी प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले घटनाको अनुसन्धानका लागि टोली तयार भइसकेको जानकारी दिए । टोली जान तयार छ, तर मौसमका कारण केही ढिलाइ भइरहेको छ,’ महतोले न्युज कारखानासँग भने, ‘सम्भवतः आजै टोली घटनास्थलतर्फ जान्छ होला ।’ सोमबार बिहान मादी नगरपालिका( १, खोलागाउँका ६ जनाको शव घरभित्र र बाहिर फेला परेको थियो । 

    जिल्ला नाका सिल गरेर तालिमप्राप्त कुकुरको सहायतामा अनुसन्धान अधिकृतहरुबाट मंगलबार बिहान ७ बजेदेखि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए । 

    images

    उनकाअनुसार अनुसन्धानका लागि संघीय प्रहरी एकाइ कार्यालय धरानका एसपी भीम दाहालसहितको टोली घटनास्थलमा छ । आइतबार राति अज्ञात समूहको धारिलो हतियार प्रहारबाट मादी( १ का स्थानीय ५८ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या भएको थियो ।न्युज कारखाना