सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ। अघिल्लो कारोबार दिनका तुलनामा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन प्रतितोला एक लाख पाँच हजार दुई सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज एक लाख पाँच हजार रुपैयाँ तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार पाँच सय कायम भएको छ ।
चाँदीको मूल्य भने स्थिर छ । आज आइतबार पनि प्रतितोला एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
.jpg)


