आइतबार, कार्तिक १६ गते २०८३
images
images

क्यालिफोर्नियामा गोली चल्दा १० जनाको मृत्यु

एक्सप्रेस पाना
माघ ८, २०७९ आइतबार
  • 258
    SHARES
  • क्यालिफोर्नियामा गोली चल्दा १० जनाको मृत्यु

    अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा १० जनाको मृत्यु भएको छ । लस एन्जलसबाट करिब १२ किलोमिटर पूर्वमा रहेको मोन्टेरे पार्कमा गोली हानाहान भएको हो ।

    images

    चिनियाँ नयाँ वर्ष मनाउन हजारौं मानिसहरू भेला भएको ठाउमा गोली चलाइएको थियो । घाइतेको संख्या कति छ भन्नेबारे प्रहरीले केही बताएको छैन ।

    सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा पार्कमा ठूलो संख्यामा प्रहरीको उपस्थिति रहेको देख्न सकिन्छ ।

    images

    लस एन्जलस काउन्टी सेरिफको कार्यालयले एक विज्ञप्तिमा गोली हान्ने व्यक्ति पुरुष भएको बताएको छ । 

    गोली चलेको मोन्टेरी पार्कको जनसंख्या लगभग ६० हजार रहेको छ र यहाँ एसियाली समुदायहरु बस्ने गर्दछन् ।