सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनचाँदीको मुल्य बढ्यो, यस्तो छ आजको कारोबार !

एक्सप्रेस पाना
माघ ९, २०७९ सोमबार
  • 273
    SHARES
  • सुनचाँदीको मुल्य बढ्यो, यस्तो छ आजको कारोबार !

    काठमाडौं । साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढेको छ । त्यस्तै आज छापावाल सुनको मूल्य तोलामा एक लाख पाँच हजार ३ सय रुपैयाँ कायम गरिएको छ ।

    यसअघि आइतबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार रुपैयाँमा कारोबार भएको थियो ।

    images

    यस्तै, तेजाबी सुनको मूल्य तीन सय रुपैयाँ बढेर तोलाको एक लाख चार हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन एक लाख चार हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि आइतबार एक हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो ।