सोमबार, कार्तिक १७ गते २०८३
images
images

दोहोरो अंकले घट्यो नेप्से

एक्सप्रेस पाना
माघ ९, २०७९ सोमबार
  • 187
    SHARES
  • दोहोरो अंकले घट्यो नेप्से

    साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक १३.७१ अंकले घटेको छ ।

    images

    आज नेप्से ०.६३ प्रतिशतले घटेर २१६५.१० बिन्दुमा पुगेर बन्द भएको छ । सोमबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने केही बढेको छ ।

    गत कारोबार दिन अर्थात् बिहीबार ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३२९ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज ३ अर्ब ८६ करोड ४० लाख ८ हजार ९७३ रुपैयाँ पुगेको छ । यस दिन २५७ वटा धितोपत्रको १ करोड ७ लाख ५९ हजार ५७९ कित्ता सेयर किनबेच भएको हो ।

    images

    सोमबार आदर्श लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस दिन उक्त कम्पनीको प्रतिकित्ता मूल्य ९३३ रुपैयाँ पुगेको छ । यस्तै, सानिमा जिआइसी इन्स्योरेन्स र कुमारी बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४०४ रुपैयाँ २० पैसा र २०८ रुपैयाँ ५० पैसा कायम भएको छ ।

    यस्तै, स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयर मूल्य ९.९८ प्रतिशत र समृद्धि फाइनान्सको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । यस दिन सर्वाधिक मूल्य घट्नेमा हिमालयन हाइड्रोपावर रहेको छ । 

    उक्त कम्पनीको सेयर मूल्य ७.७९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २९२ रुपैयाँ ५० पैसामा झरेको छ । सर्वाधिक मूल्य घट्ने दोस्रो कम्पनीमा लिवर्टी इनर्जी रहेको छ । उक्त कम्पनीको सेयर मूल्य ७.१९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २८४ रुपैयाँ कायम भएको छ ।

    सोमबार सर्वाधिक सेयर खरिद–बिक्री कुमारी बैंकको भएको छ ।  यस दिन उक्त कम्पनीको २०८ रुपैयाँ ५० पैसामा २७ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो ।

    सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एनआइसी एशिया बैंक रहेकोे छ । उक्त कम्पनीको ८३५ रुपैयाँमा १२ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ समूहको परिसूचक १.०८ प्रतिशत र म्युचुअल फण्ड समूहको परिसूचक ०.६६ प्रतिशतले बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।

    यस दिन जलविद्युत समूहको परिसूचक सर्वाधिक २.४२ प्रतिशतले घटेको छ । यस्तै, होटल्स तथा पर्यटन समूहको परिसूचक २.४१ प्रतिशत र विकास बैंक समूहको परिसूचक २.३३ प्रतिशतले घटेको हो ।