सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

एक्सप्रेस पाना
माघ १०, २०७९ मंगलबार
  • 203
    SHARES
  • सुनको मूल्यमा नयाँ रेकर्ड कायम

    नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड कायम गरेको हो ।

    images

    महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ५ हजार ३ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार एक हजार रूपैयाँले बढेर एक लाख ६ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    यो हालसम्मकै उच्च मूल्य हो । यसअघि सुनको मूल्य २०७८ फागुन २५ गते अहिलेसम्मकै उच्च १ लाख ५ हजार ५ सय रूपैयाँ कायम भएको थियो ।

    images

    तेजावी सुन प्रतितोला १ लाख ५ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    त्यसैगरी, सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य मंगलबार १५ रूपैयाँले घटेर १ हजार ३६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।