सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुन तोलामा ७ सयले बढ्यो, तोलाको १ लाख ६ हजार ९ सय पुग्यो

एक्सप्रेस पाना
माघ १२, २०७९ बिहीबार
  • 189
    SHARES
  • सुन तोलामा ७ सयले बढ्यो, तोलाको १ लाख ६ हजार ९ सय पुग्यो

    काठमाडौं । नेपाली बजारमा मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो ।

    images

    हिजो प्रति तोला १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ७ सयले बढेर १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ ।

    यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको हो।  बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

    images