सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज माघ १२ गते अन्तिम दिन रहेको छ । कम्पनीले गत माघ ९ गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटलले बताएको छ ।
कम्पनीले जारी पुँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने २१ करोड रुपैयाँमध्ये १०० अंकित दरका कुल २१ लाख कित्तामध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशतले हुन आउने २ लाख १० हजार कित्रा बिक्री गरिसकेको छ । त्यसमध्ये ५ प्रतिशतले हुन आउने १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ४२ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी १७ लाख ४३ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउने छन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ताले अधिकतममा ५० हजार कित्तासम्म खरिद आवेदन दिन पाउने छन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डको अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्ने छन् ।
सीडीएससीका अनुसार हिजो माघ ११ गतेसम्म यो आईपीओमा १० लाख २७ हजार ८४३ आवेदकबाट १ करोड १९ लाख २ हजार ५०० कित्ता सेयर खरिदका लागि आवेदन दिएका छन् । यो मागभन्दा ६.८३ गुणाले बढी हो ।
मागभन्दा बढी आवेदन परिसकेका कारण यो आईपीओको बाँडफाँड पनि गोलाप्रथाबाट गरिने छ । जसमा भाग्यमानी १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले सेयर पाउने छन् ।
.jpg)


