मिड सोलु हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ ।
कम्पनीले आयाेजना प्रभावित स्थानीय, वैदेशिक राेजगारीमा गएका नेपाली तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १४ लाख ९६ हजार ८ सय कित्ता आईपीओ निष्कासन गर्न माघ ११ गते, बुधबार सेबाेनमा निवेदन पेश गरेकाे हाे ।
कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
.jpg)


