आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमसीसीविरुद्ध आन्दोलन गर्ने विप्लवको घोषणा 

एक्सप्रेस पाना
भाद्र २२, २०७८ मंगलबार
  • 229
    SHARES
  • एमसीसीविरुद्ध आन्दोलन गर्ने विप्लवको घोषणा 

    भदौ २२ काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)विरुद्ध आन्दोलनको घोषणा गरेको छ । मंगलबार (आज) विप्लव नेतृत्वको नेकपा केन्द्रीय कार्यालयले एमसीसीविरुद्ध आन्दोलनको घोषणा गरेको हो ।

    images

    नेकपाको केन्द्रीय कार्यालयले यही भदौ २८ गते काठमाडौंमा बृहत सभासहित साताव्यापी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रमको तालिका अनुसार बुधबार देशव्यापी कोणसभा गर्ने, २५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने रहेको छ ।

    त्यस्तै, २६ गते एसीसी सम्झौता जलाउने र २७ गते सिट्ठी जुलुस गर्ने तथा एमसीसीका बेलुन उडाउने रहेको बताइएको छ ।

    images

    सरकारले यसै साता संसदबाट एमसीसी पारित गर्ने षड्यन्त्र गरेको र राष्ट्रियतामाथि घात र वाक स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने धम्की दिएपछि क्रान्तिकारी शक्ति आन्दोलित बनेको ‘विप्लव’ नेतृत्वको नेकपाले जनाएको छ ।