सोमबार, कार्तिक १७ गते २०८३
images
images

सेयर बजारमा दोहोरो अंकको गिरावट

एक्सप्रेस पाना
माघ १५, २०७९ आइतबार
  • 209
    SHARES
  • सेयर बजारमा दोहोरो अंकको गिरावट

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ ।

    images

    नेप्से परिसूचकमा १४.६८ अंकले ओरालो लागेर २१६८.५३ विन्दुमा आएर रोकिएको छ । २६७ कम्पनीको कारोबार हुँदा ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर किनबेच भएको छ । यसैगरी ३ अर्बभन्दा बढी रकमको कारोबार भएको छ ।

    आईएमई जनरल इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको करिब १० करोडको सेयर बिक्री भएको छ। साथै, हिमालय ऊर्जा विकास कम्पनीको ९ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

    images

    लुम्बीनी जनरल बिमा, बराही हाइड्रोपावर, इस्टर्न हाइड्रो पावर, आदर्श लघुवित्त बित्तीय संस्था र सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनीको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

    कुल ४८ कम्पनीमा उकलो लागेको छ भने १६१ कम्पनीमा ओरालो लागेको छ । साथै ४ कम्पनी भने स्थिर छ । आज १३ उपसूचकहरुमध्ये होटल तथा पर्यटन र लाइफ इन्स्योरेन्स बाहेक सबै कम्पनीमा ओरालो लागेको छ ।