आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रहरीद्वारा ओडिसाका स्वास्थ्यमन्त्रीको गोली हानी हत्या

एक्सप्रेस पाना
माघ १६, २०७९ सोमबार
  • 247
    SHARES
  • प्रहरीद्वारा ओडिसाका स्वास्थ्यमन्त्रीको गोली हानी हत्या

    भारतको ओडिसाका स्वास्थ्यमन्त्री नवकिशोर दासलाई प्रहरीका असिस्टेन्ट सबइन्स्पेक्टरले गोली हानी हत्या गरेका छन् । सार्वजनिक कार्यक्रममा भाग लिन झारसुगुडा जिल्ला पुगेका मन्त्री दासलाई गाडीबाट ओर्लिने क्रममा सबइन्स्पेक्टर गोपाल दासले छातीमा गोली हानेका थिए ।

    images

    उपचारका लागि अस्पताल पुर्‍याए पनि उनी बाँच्न सकेनन् । गोली हान्ने प्रहरी पक्राउ परेका छन् । उनीसँग सोधपुछ जारी रहे पनि घटनाको कारण बाहिर आइसकेको छैन ।