काठमाडौं । साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढेको छ ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर छ । अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
.jpg)


