काठमाडौँ १६ माघ, । सोमबारदेखि आत्मनिर्भर लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको छ। लघुवित्तले आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५५ ले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँको १०५ अर्थात् २० हजार ३३८ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका लागि बिक्री खुला गरेको छ ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताकोसम्म आवेदन दिन सक्नेछन् । यसमा फागुन १ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्नेछन् । फागुन ११ गतेदेखि सर्वसाधारणहरुका लागी भने कम्पनीले आईपीओ जारी गर्नेछ । कम्पनीले सर्वसाधारणका लागि १ लाख ६९ हजार ७५५ कित्ता सेयर खुला गर्नेछ। सर्वसाधारण लगानीकर्ताले यसमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन २५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
यस कम्पनीको आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी केयर नेपालले आत्मनिर्भर लघुवित्तलको आईपीओलाई ‘केयरएनपी बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ । कम्पनीको केन्द्रीय कार्यालय लुम्बिनी प्रदेशको घोराही दाङमा रहेको छ ।
.jpg)


