सोमबार, कार्तिक १७ गते २०८३
images
images

श्रीलङ्काको राष्ट्रपति भन्छन्: अर्थतन्त्र सन् २०२४ देखि सुध्रिन्छ

एक्सप्रेस पाना
माघ १६, २०७९ सोमबार
  • 285
    SHARES
  • श्रीलङ्काको राष्ट्रपति भन्छन्: अर्थतन्त्र सन् २०२४ देखि सुध्रिन्छ

    काठमाडौँ । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले मुलुकको अर्थतन्त्रमा सन् २०२४ देखि वृद्धि हुने बताएका छन् ।

    images

    श्रीलङ्काको अर्थतन्त्र सन् २०२२ मा ११ प्रतिशतले ऋणात्मक भएको थियो भने यस वर्ष २०२२ मा अर्थतन्त्रमा सामान्य सुधार आई ३.५ देखि ४ प्रतिशतको हाराहारीमा ऋणात्मक हुने अनुमान छ ।

    राष्ट्रपति विक्रमासिङ्घेले सरकारद्वारा सञ्चालित आर्थिक सुधारका परियोजनाहरु तथा ऋण पुनर्संरचना कार्यक्रममा अवरोध आए आर्थिक सङ्कटमा मुलुक फस्दै जाने जोखिम अझै रहेको बताए ।

    images

    श्रीलङ्काको अनुराधापुरामा आयोजित एक धार्मिक सभामा सम्बोधन गर्दै राष्ट्रपति विक्रमासिङ्घेले देशको आर्थिक सुधारमा सहयोग गर्न सबैसँग आग्रह गरे ।