आइतबार, कार्तिक १६ गते २०८३
images
images

उत्कृष्ट प्रदर्शन गर्ने पलेशा र कविराज सम्मानित 

एक्सप्रेस पाना
भाद्र २२, २०७८ मंगलबार
  • 667
    SHARES
  • उत्कृष्ट प्रदर्शन गर्ने पलेशा र कविराज सम्मानित 

    भदौ २२ काठमाडौं । नेपाल तेक्वान्दो संघले टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गर्ने दुईजना सम्मानित भएका छन् ।

    images

    नेपाल तेक्वान्दो संघद्वारा आयोजित १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताका समापनका अवसरमा टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धन र कविराज नेगी लामालाई नेपाल तेक्वान्दो संघले नगदसहित मंगलबार सम्मान गरेको हो ।

    पलेशालाई नगद ५० हजार तथा लामालाई १० हजार नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गरियो । पलेशाले पारालिम्पिकमा दुई खेल जितेर इतिहास रचेकी थिइन् ।

    images

    अन्तर्राष्ट्रिय लेभल– २ पारा प्रशिक्षक लामाले २०१६ देखि पलेशालाई निरन्तर प्रशिक्षण दिइरहेका थिए ।

    पारा ओलम्पिकको प्रदर्शनपछि पलेशा पारा तेक्वान्दो खेलाडीको विश्व वरियामा ५ औं स्थानमा उक्लिएकी छन् ।