सोमबार, कार्तिक १७ गते २०८३
images
images

सेयर बजारमा दोहोरो अंकको गिरावट

एक्सप्रेस पाना
माघ १६, २०७९ सोमबार
  • 240
    SHARES
  • सेयर बजारमा दोहोरो अंकको गिरावट

    काठमाडौं । साताको दोस्राे कारोबार दिन सोमबार सेयर बजार घटेको छ । नेप्से परिसूचकमा ४१.०१ अंकले ओरालो लागेर २१२७.५२ विन्दुमा आएर रोकिएको छ । आइतबार नेप्से परिसूचकमा १४.६८ अंकले ओरालो लाग्दा ३ अर्बभन्दा बढी रकमको कारोबार भएको थियाे ।

    images

    साेमबार भने २५६ कम्पनीको  ८८ लाख ३६ हजार ४८८ कित्ता सेयर किनबेच हुँदा ३ अर्बभन्दा बढी रकमको कारोबार भएको छ । 

    सूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको करिब १७ करोड रुपैयाँको बिक्री भएको छ। साथै, रिडी हाइड्रो पावर कम्पनीको १० करोड ४८ लााखभन्दा बढीको सेयर कारोबार भएको छ ।

    images

    लुम्बीनी जनरल बिमा र आदर्श लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । 

    कुल २०४ कम्पनीमा ओरालो लागेको छ भने जम्मा ९ कम्पनीमा उकालो लागेको छ । साेमबार सबै उपसूचकहरू राताम्मै भएको छ । सबैभन्दा धेरै फाइनान्स इन्डेक्स र हाेटल तथा पर्यटनको ३ प्रतिशतले मूल्य घटेको छ ।