सिन्धु विकास बैंक कर्पोरेट कार्यालय बनेपाको समन्वय तथा पाँचखाल शाखाको आयोजनामा पाँचखालमा आयोजित रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छ्न । सोमबार बैंकको प्राङ्गणमा भएको रक्तदानमा कर्मचारी, स्थानीय लगायत ५४ जनाले रक्तदान गरेको सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीले जानकारी दिनुभयो ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको गिरीले जानकारी दिनुभयो ।रक्तदातान कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरी, नायव महाप्रबन्धक प्रमोद न्यौपाने लगायत बैंकका उच्च पदस्त कर्मचारी लगायतको उपस्थिती रहेको पाँचखाल शाखा प्रबन्धक सिताराम दुलालले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा प्राबिधिक सहयोग रेडक्रस काभ्रेले गरेको थियो ।

सिन्धुपाल्चोककै पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंकले सिन्धुपाल्चोक, काभ्रे, दोलखा, मकवानपुर तथा चितवन जिल्लामा गरि २५ शाखा तथा १ वटा सिमित बैकिङ इकाइबाट बैकिङ सेवा प्रदान गरिरहेको प्रमुख कार्यकारी अधिकृत गिरीले जानकारी दिनुभयो ।
बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांस ग्रामीण भेगहरुमा बैकिङ सेवा विस्तार गरि त्यस भेगका स्थानीयलाई सर्वसुलभ सेवा प्रदान गरिरहेको उहाँको भनाइ छ । बैंकले ३६५ दिनै सेवा प्रदान गर्दै आएको छ । बैंकले हाल रहेको प्रतिस्पर्धी बजारमा ग्राहकहरुको सुविधाको लागि मोबाइल बैकिङ, SCT डेबिट कार्ड, SMS banking, QR Code, C-ASBA लगायत सेवाहरु प्रदान समेत गर्दै आइरहेको छ ।

.jpg)


