आइतबार, कार्तिक १६ गते २०८३
images
images

पाकिस्तानमा मस्जिदभित्र विष्फोट: २८ जनाको मृत्यु, १५० भन्दाबढी घाइते

एक्सप्रेस पाना
माघ १६, २०७९ सोमबार
  • 271
    SHARES
  • पाकिस्तानमा मस्जिदभित्र विष्फोट: २८ जनाको मृत्यु, १५० भन्दाबढी घाइते

    काठमाडौँ । पाकिस्तानको पेशावर शहरमा मस्जिदभित्र विष्फोट भएको छ । विस्फोटमा हालसम्म २८जनाको मृत्यु भएको छ र मृत्यु हुनेमा सबै प्रहरी रहेको बताइएको छ ।

    images

    सो विस्फोटमा १५८ जना घाइते भएको बताइएको छ । जसमध्ये ९० जनाको अवस्था चिन्ताजनक रहेको पाकिस्तानी मिडियाहरुले उल्लेख गरेका छन् ।

    मस्जिदमा नमाजको समयमा करिब ५५० जना उपस्थित रहेको बताइएको छ । 

    images

    पाकिस्तानी मिडिया जियो न्यूजका अनुसार तहरीक-ए-तालिबान पाकिस्तान (टीटीपी) ले आक्रमणको जिम्मेवारी लिएको छ। आक्रमणपछि पाकिस्तानी सेनाले उक्त क्षेत्रलाई घेरेको छ । विष्फोट निकै शक्तिशाली रहेको र यसको आवाज २ किलोमिटर टाढासम्म सुनिएको प्रहरी लाईनमा उपस्थित व्यक्तिहरुले बताएका छन् ।

    तहरीक-ए-तालिबान (टीटीपी) पाकिस्तानको यस क्षेत्रमा धेरै प्रभाव छ र विगतमा पनि यस संगठनले यहाँ आक्रमण गर्ने धम्की दिएको थियो ।