आइतबार, कार्तिक १६ गते २०८३
images
images

ओलीले लगाए कुलमान घिसिङमाथि यस्तो गम्भीर आरोप 

एक्सप्रेस पाना
भाद्र २२, २०७८ मंगलबार
  • 301
    SHARES
  • ओलीले लगाए कुलमान घिसिङमाथि यस्तो गम्भीर आरोप 

    भदौ २२ काठमाडौं । प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई नक्कली ट्रान्सफर्मर खरिद गरेको भन्दै गम्भीर आरोप लगाएका छन् । 

    images

    सरकारले नक्कली ट्रान्सफर्मर किन्ने घिसिङलाई नै सरकारले प्राधिकरणको जिम्मेवारी दिएको भन्दै उनले सरकारको आलोचना पनि गरे । मंगलबार एमाले कास्कीको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अहिले हेटौंडामा अहिले ट्रान्सफर्मरको एउटा सहर रहेको बताएका छन् । 

    उनले भने, ‘नेकपा एमालेको सरकारभन्दा अगाडि डुब्लिकेट ट्रान्सफर्मर ल्याइयो। हेटौंडामा अहिले ट्रान्सफर्मरको एउटा सहर छ। पैसा हालेर किन्यो, काम नलागेर राखेको सहरै जस्तो छ ट्रान्सफर्मरको। कति बिगाह जमिनमा ट्रान्सफर्मरै ट्रान्सफर्मर छ । अहिलेको सरकार बहादुर छ। हो, त्यस्तै काम गर्ने मान्छेलाई खोजीखोजीकन फिर्ता ल्याउँछ। फेरि फिर्ता ल्याउँछ। अनि सहज ढंगले त्यस ठाउँमा हकका साथ पुगेको मान्छेलाई विस्थापित गर्छ गैरकानुनी ढंगले।’

    images

    ‌ओली प्रधानमन्त्री भएका बेला घिसिङको कार्यकाल सकिएको थियो। घिसिङ प्राधिकरणमा दोहोर्‍याउन व्यापक जनदबाब भएपनि ओली सरकारले हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो।

    ओलीको बहिर्गमनपछि वर्तमान सरकारले हालै घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको छ।