आइतबार, कार्तिक १६ गते २०८३
images
images

चीनमा ईच्छा अनुसार सन्तान जन्माउने अधिकार दिइयो

एक्सप्रेस पाना
माघ १७, २०७९ मंगलबार
  • 274
    SHARES
  • चीनमा ईच्छा अनुसार सन्तान जन्माउने अधिकार दिइयो

    १७ माघ, काठमाडौँ । जन्मदर निरन्तर घट्दै गएपछि चीनमा सन्तान प्राप्तिको सीमा खुला गर्न थालिएको छ ।

    images

    सिछुआन प्रान्तले कुनै पनि दम्पतीलाई असीमित सन्तान जन्माउने अधिकार दिएको छ । जन्मदर घटेर जनसंख्या नै खुम्चिने अवस्था आएपछि ईच्छा अनुसार सन्तान जन्माउने अधिकार दिइएको हो ।

    सिछुआनमा अविवाहितहरुलाई पनि सन्तान जन्माउने र उनीहरुका सन्तानको जन्म दर्ता गर्न दिइने भएको छ । सन् १९७० देखि एक सन्तान नीति लिएको चीनले सन् २०१६ मा उक्त नीति खारेज गर्दै दुई सन्तानको नीति ल्याएको थियो ।

    images

    तर पछिल्लो दशकमा जन्मदर निरन्तर घटेर देशको अर्थतन्त्रमै असर पर्ने खतरा आएपछि चिनियाँ अधिकारीहरु जन्मदर कसरी बढाउने भन्ने योजनामा लागेका छन् । बढी सन्तान जन्माउने आमाहरुलाई करमा सुविधा दिने प्रस्ताव चीन सरकारले ल्याएको छ । एजेन्सी