आइतबार, कार्तिक १६ गते २०८३
images
images

पाकिस्तानको मस्जिद विस्फोट : मृत्यु हुनेको संख्या ९० पुग्यो

एक्सप्रेस पाना
माघ १७, २०७९ मंगलबार
  • 220
    SHARES
  • पाकिस्तानको मस्जिद विस्फोट : मृत्यु हुनेको संख्या ९० पुग्यो

    काठमाडौँ । पाकिस्तानको पेशावर शहरमा मस्जिदभित्र सोमबार भएको विष्फोटमा मृत्यु हुनेको संख्या ९० पुगेको छ । 

    images

    विस्फोटमा हालसम्म ९० जनाको मृत्यु भएको छ र १५० भन्दा बढी घाइतेको उपचार भइरहेको पाकिस्तानी मिडियाहरुले उल्लेख गरेका छन् ।

    सोमबार मस्जिदमा नमाजको समयमा करिब ५५० जना उपस्थित रहेको बताइएको छ । 

    images

    पाकिस्तानी मिडिया जियो न्यूजका अनुसार तहरीक-ए-तालिबान पाकिस्तान (टीटीपी) ले आक्रमणको जिम्मेवारी लिएको छ । आक्रमणपछि पाकिस्तानी सेनाले उक्त क्षेत्रलाई घेरेको छ । विष्फोट निकै शक्तिशाली रहेको र यसको आवाज २ किलोमिटर टाढासम्म सुनिएको प्रहरी लाईनमा उपस्थित व्यक्तिहरुले बताएका छन् ।

    तहरीक-ए-तालिबान (टीटीपी) पाकिस्तानको यस क्षेत्रमा धेरै प्रभाव छ र विगतमा पनि यस संगठनले यहाँ आक्रमण गर्ने धम्की दिएको थियो ।