आइतबार, कार्तिक १६ गते २०८३
images
images

आजबाट संसद् अधिवेशन सुरु हुने, यस्तो छ सम्भावित कार्यसूची

एक्सप्रेस पाना
भाद्र २३, २०७८ बुधबार
  • 325
    SHARES
  • आजबाट संसद् अधिवेशन सुरु हुने, यस्तो छ सम्भावित कार्यसूची

    भदौ २३ काठमाडौं । संघीय संसदका दुवै सदनको अधिवेशन आज बुधबार अपराह्न ४ बजेका लागि आह्वान गरिएको छ । १९ भदौको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेकी हुन् । 

    images

    संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार प्रतिनिधि सभाकाको पहिलो बैठकमा बजेटसहितका १३ अध्यादेश स्वीकृतिका लागि पेस गरिने छ । 

    जसमा दल विभाजनसम्बन्धी अध्यादेश, शपथसम्बन्धी अध्यादेश, रेल्वे अध्यादेश, औषधिसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थलाई नियमन गर्नेसम्बन्धी अध्यादेश, नागरिकता अध्यादेश, यौन हिंसाविरुद्धका केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेश रहेका छन् ।

    images

    प्रतिनिधिसभाको बैठकबाट स्वीकृत भएमा सरकारले अध्यादेश प्रतिस्थापन विधेयक ल्याइनुपर्ने छ । यसअघिको अधिवेशन ३ साउनमा सुरु भएको थियो भने सोही३२ गते अन्त्य भएको थियो ।