सोमबार, कार्तिक १७ गते २०८३
images
images

तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
माघ १८, २०७९ बुधबार
  • 223
    SHARES
  • तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको भाउ ५ सय रुपैयाँले बढेर पुनः १ लिाख ६ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तोलामा ५ सय रुपैयाँले घट्दै १ लाख ५ हजार ८ सय रुपैयाँमा झरेको छापावाला सुनको मूल्य आज पुनः ५ सय रुपैयाँले वृद्धि भएको हो । 

    images

    यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्रै बढ्दै आज प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।