भदौ २२ जाजरकोट । चरेस र ओंतको छालाको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
भेरी नगरपालिका–१२ को बारेलास्थित मुम्बई रिटन चाइनिज कर्नरमा बसिरहेका बारेकोट गाउँपालिकाको मैनाका गणेशबहादुर बस्नेत र हस्तबहादुर बस्नेतलाई जाजरकोट प्रहरीले पक्राउ गरेको हो ।
गणेशको साथबाट पाँच पोका चरेस फेला परेको प्रहरीको दाबी छ । हस्तको ओंतको चारैवटा खट्टासहितको छाला फेला परेको हो ।
.jpg)


