आइतबार, कार्तिक १६ गते २०८३
images
images

तीन महिनादेखि बन्द सडक खुलाउन पालिकाले थाल्यो काम

एक्सप्रेस पाना
भाद्र २३, २०७८ बुधबार
  • 264
    SHARES
  • तीन महिनादेखि बन्द सडक खुलाउन पालिकाले थाल्यो काम

    भदौ २३ हुमला । तीन महिनादेखि भत्किएर बन्द रहेको सडक सिमकोट गाउँपालिकाले प्रतिघण्टा १३ हजार रुपैयाँमा मर्मत कार्य सुरु गरेको छ ।  सिमकोट गाउँपालिकाले वडा–१ दोजाम, वडा–२ ठेहे र वडा–३ बरगाउको बाटो भत्केको आठ महिना बितिसक्दासमेत कसैको ध्यान नगएपछि सडक अपरुद्ध बनेको हो । सडक भत्केर अवरुद्ध भएपछि स्थानीयलाई आवतजावतमा समस्या भएको छ ।

    images

    अविरल वर्षाका कारण भत्किएको सडक सिमकोट गाउँपालिका आफैले प्रतिघण्टा १३ हजार रुपैयाँ तिरेर  मर्मत गरिरहेको निमित्त प्रमुख प्रसासकीय अधिकृत उजिर रोकायाले बताए । असार ०७७ देखि भत्केको सिमकोट सडकको मर्मत कार्यका लागि अरुलाई दिँदा विवाद हुने भएपछि पालिका आफैंले काम थालेको प्रशासकीय  अधिकृत रोकायाले बताए । 

    सिमकोट ४ वडा बुरैसेबाट ३ लाङदु बरगाउ हुँदै २ ठेहेसम्मको सडक मर्मत कार्य गाउँपालिकाले गरिरहेको वडा–३ का वडाध्यक्ष ताक्ला जिक्मेत लामा ९मुस्कान० बताए । हुम्लाको सिमकोट गाउँपालिका पर्यटका लागि रलिङ गुम्बा अति उत्तम ठाउँ भएका कारण सो ठाउँमा घुम्नकै लागि भए पनि जिल्ला बाहिरबाट आएका पर्यटकहरू घुम्न जाने गरेका छन् । रलिङ गुम्वा जाने मुख्य बाटो भत्किँदा पर्यटकलाई आवतजावतमा निक्कै सास्ती भएको छ ।

    images

    सिमकोट गाउँपालिकाको १ दोजामसम्म सडक निमार्ण गरिसकेपछि मात्र इस्काभेटर फिर्ता भएर पर्यटकीय मार्ग रलिङ गुम्बाको सडक निमार्ण गर्नेछ । गाउँपालिकाले प्रतिघण्टाको १३ हजार रुपैयाँ तिरेर निजी इस्काभेटर प्रयोग गरेर सडक मर्मत गर्न सुरु गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाको भनाइ छ ।न्युज कारखाना