सोमबार, कार्तिक १७ गते २०८३
images
images

एकैदिन प्रतितोला दुई हजार रुपैयाँ घट्यो सुनको मूल्य

एक्सप्रेस पाना
माघ २२, २०७९ आइतबार
  • 215
    SHARES
  • एकैदिन प्रतितोला दुई हजार रुपैयाँ घट्यो सुनको मूल्य

    काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा १४ सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला दुई हजार रुपैयाँ घटेको हो । 

    आज छापावाल सुन प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

    शुक्रबार छापावाल सुन प्रतितोला एक लाख छ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आइतबार चाँदी प्रतितोला ४५ रुपैयाँ घटेको हो ।