सोमबार, कार्तिक १७ गते २०८३
images
images

शुभम पावरको आईपीओ भर्ने आज अन्तिम दिन

एक्सप्रेस पाना
माघ २२, २०७९ आइतबार
  • 183
    SHARES
  • शुभम पावरको आईपीओ भर्ने आज अन्तिम दिन

    आज माघ २२ गते शुभम पावर लिमिटेडको आईपीओ भर्नेअन्तिम दिन रहेको छ । 

    images

    कम्पनीले गत माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।   

    कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि आईपीओमा बिक्री नभएको १ लाख ८० हजार ५८० कित्ता थप गरी कुल ५ लाख ८० हजार ५८० कित्ता आईपीओ बिक्री खुला गरेको हो। कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री गरिसकेको छ । 

    images

    त्यस्तै ५ प्रतिशतले हुन आउने २९ हजार ३० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ११ हाजर ६१० कित्ता कर्मचारीलाई छुट्याएको छ । बाँकी ४ लाख ८१ हजार ८८२ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् । 

    लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागिव खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । 

    सीडीएससीका अनुसार यो आइपीओमा शुक्रबार दिउँसोसम्ममा ७ लाख ९३ हजार ७५ जना सर्वसाधारण आवेदकले ८९ लाख ८१ हजार ७४० कित्ताका लागि आवेदन दिएका छन् ।