२२ माघ, काठमाडौँ । पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन भएको छ । आइतबार उनको निधन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ७९ वर्षका मुसर्रफ लामो समयदेखि बिरामी थिए ।
उनको दुबईको एक अस्पतालमा उपचार भइरहेको थियो ।